प्रियंकासँग किन माफ माग्दैछन् निखिल ? (यो भिडियो हेर्नुस्)

निखिल उप्रेती र प्रियंका कार्की स्टारर फिल्म ‘राधे’ को ‘मलाई माफ गर प्रिय’ बोलको गीति भिडियो रिलिज भएको छ । हिउँ पर्ने कालिञ्चोक र पाल्पामा छायाँकन गरिएको गीतको भिडियो सुन्दर छ । भिडियो हेर्नुस् :
अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा अभिजितले स्वर दिएका छन् । रामजी लामिछानेको कोरियोग्राफी रहेको भिडियोलाई क्यामेरा पर्सन कृष्ण श्रेष्ठले खिचेका हुन् । सुशिल पोखरेलले निर्माण गरेको ‘राधे’ लाई जगदिश्वेर थापाले निर्देशन गरेका हुन् । फिल्म बैशाख १ गतेदेखि प्रदर्शनमा आउँदैछ ।
For More videos Log on to Mazzako TV







