‘रिल’ मा रेखाको विवाह, को हुन् दुलाह ?
नायिका रेखा थापाले विवाह गरेकी छिन् । तर साँच्चै होइन रिलमा मात्रै । नायिका थापाले फिल्म ‘हिरो रिटन्र्स’ मा नायक दिल श्रेष्ठसँग विवाहको दृश्य दिएकी हुन् । रेखा र दिलको विवाहको दृश्य सोमबार गोकर्णस्थित उत्तरवाहिनीमा खिचियो । रिलमा विवाहको दृश्य दिएकी रेखाको ‘रियल’ विवाह चाहिं कहिले होला त ?

कार्यकारी निर्माता चन्द्र गौतमले दिएको जानकारी अनुसार कलाकार र प्राविधिकको व्यस्तताको कारणले गर्दा केही दिनको छायाँकन बाँकी थियो । जुन बाँकी सुटिङ केही दिनमा सकिनेछ । आशिष भेटुवालले निर्देशन गरेको फिल्मको काठमाडौं र हेटौंडामा छायाँकन गरिएको छ । फिल्ममा रेखा र नायक सविन श्रेष्ठ मुख्य भूमिकामा देखिएका छन् भने दिलको पनि महत्वपूर्ण भूमिका छ ।

पोस्टर र टाईटल गीत सार्वजनिक गरिएको फिल्म ‘हिरो रिटन्र्स’ को हाल सम्पादन कार्य भैरहेको छ । निर्माण पक्षले यो फिल्मलाई आउँदो बैशाखतिर रिलिज गर्ने लक्ष्य राखेको छ । निर्माण टिममा चन्द्र गौतम, सविन श्रेष्ठ सहित सहदेव गौतम, भीम न्यौपाने र अमित श्रेष्ठ छन् । दिपक शर्मा र टंक बुढाथोकीको संगीत रहेको फिल्मलाई मदन कास्यप घिमिरेले खिचेका हुन् ।
For More videos Log on to Mazzako TV







