सलोनको ब्रतबन्धमा यस्तो सर्तमा पुगे अनमोल
युवा स्टार अनमोल केसी आइतबार साँझ सहकर्मी कलाकार सलोन बस्नेत र उनका भाईको ब्रतबन्ध समारोहमा देखिए । जबकी अनमोल आगामी फिल्म ‘कृ’ को लुक्स रिलिज हुने डरले सञ्चारकर्मी र फिल्मकर्मी भेला हुने सार्वजनिक कार्यक्रमबाट टाढै थिए । जे भएपनि नजिकका साथीको ब्रतबन्धमा अनमोल जान करै लाग्यो । पिता भुवन केसीको साथमा अनमोल सलोनको ब्रतबन्धमा पुगेका थिए ।

तर सलोनको ब्रतबन्धमा अनमोल उत्तिकै भने सहभागी भएका थिएनन् । सर्त सहित उनी नुवाकोटको बस्नेत निवासमा पुगेका थिए । ‘मिडिया आउने नआउने बारे अनमोलले सोधेको थियो’ सलोनका पिता शोभित बस्नेतले खुलाए, ‘आएपनि फोटो र भिडियो नलिने बताएपछि ऊ आएको हो ।’ यद्पी केही फोटोग्राफरले सलोनलाई सुरुमा भेट्दै गर्दा अनमोलको तस्बिर खिच्न सफल भए । त्यसपछि अनमोल मिडियाकर्मीदेखि तर्किएका थिए । ब्रतबन्धमा भुवन र अनमोल सहित नायक रमित ढुंगाना, निर्माता केशव भट्टराई, कलाकार उत्तम केसी, नायिका पूजा शर्मा, निर्मात्री कृषा चौलागाईं लगायत पुगेका थिए ।
For More videos Log on to Mazzako TV







