‘६क्का पन्जा’ सुपरहिट, दिपाश्री पनि नयाँ गाडीमा फिट (फोटो फिचर)
१६ करोड माथीको ब्यापार गरेको सुपरहिट चलचित्र ‘६क्का पन्जा’की निर्देशक दिपाश्री निरौला ३७ लाख पर्ने नयाँ गाडी किनेकी छिन् । चलचित्र सफल भएपछि उनले चढ्दै आएको हुन्डाईको पुरानो ‘सेन्ट्रो’ छाडेर नयाँ ‘आई ट्वान्टी एक्टिभ’मा आफ्नो यात्रालाई सिफ्ट गराएकी हुन् ।
‘चलचित्र हिट भयो भने अरु नसकेपनि गाडी चाही फेर्छु भन्ने सोचेकी थिए, त्यही अनुरुप नयाँ गाडी लिएको हुँ’, दिपाश्रीले मज्जाको अनलाईनलाई भनिन्, ‘यो सबै दर्शकको माया हो, सबै दर्शक र शुभचिन्तकहरुलाई मुरी मुरी धन्यवाद दिन चाहान्छु ।’ यसअघि १ करोड १० लाखमा काठमाण्डौंको मध्यबानेश्वरमा उनले घर किनेकी थिईन् ।
‘भनेजस्तो गाडी पनि भयो, घर पनि भयो अब बाँकी रह्यो विवाह’, हामीले सोध्यौं, ‘अब विवाह चाँही कहिले नि ???’, ‘हेर्दै जाँऊ अब चाही केही होला जस्तो छ’, लामो हाँसो सँगै उनको जवाफ यस्तो आयो ।
कलाकारितामै लागेर घर, गाडी जोड्दै स्ट्यान्डर्ड लाईफ बिताईरहेकी कलाकार दिपाश्री निरौलाको संघर्षको कथा पनि निकै मार्मिक छ । दिपाको संघर्ष र सफल्ताको कथा चाँडै नै मज्जाको टिभीमा प्रसारण हुने जानकारी गराउँदै मज्जाको अनलाईन परिवारको तर्फबाट दिपाश्रीलाई बधाई ।