बैङ्कर अनिल केशरी शाहसँग गरिएको मज्जाको गफ हेर्नुस् :

सेलिब्रेटी बैङ्कर अनिल केशरी शाह अब फिल्मको पर्दामा देखिने भएका छन् । दुवै आँखाको ज्योती गुमाएकी सृष्टि केसीको जीवनीमा आधारित बन्ने फिल्म ‘ब्लाइन्ड रक्स’ मा सेलिब्रेटी बैङ्कर शाह महत्वपूर्ण भूमिकामा अभिनय गर्न लागेको निर्देशक मिलन चाम्सले जानकारी दिए ।

anil-kesary-shah

‘उहाँले फिल्म खेल्दैहुनुहुन्छ’ निर्देशक चाम्सले भने, ‘फिल्ममा उहाँको भूमिका महत्वपूर्ण हुनेछ । उहाँको रोल हिरो सरह छ ।’ उसो त सृष्टिको भूमिकामा नायिका वेनिशा हमाल प्रस्तुत हुँदैछिन् । साथमा अर्पण थापा, गौरी मल्ल, शिशिर राणा लगायत कलाकारहरुको पनि ‘ब्लाइन्ड रक्स’ मा अभिनय रहनेछ । निकेश लिम्बु निर्माता रहेको फिल्मको आउँदो सातादेखि काडमाडौंदेखि छायाँकन सुरु हुनेछ ।

benisha-shristi-milan

युकेमा रेड कार्पेट प्रिमियर शो गरिने फिल्म ‘ब्लाइन्ड रक्स’ लाई नवराजकृष्ण थापाले खिच्दैछन् । हरी लम्साल र तारा प्रकाश लिम्बुको संगीत रहने फिल्ममा कविराज गहतराजको कोरियोग्राफी रहनेछ । सम्पादन अर्जुन जिसीले गर्नेछन् ।

For More videos Log on to Mazzako TV