दुई नामले चिनिने चर्चित हाँस्य व्याङग्य कलाकार हुन्, विल्सन विक्रम राई अर्थात् तक्मे बुढा । नाम मात्रै होइन उनको जन्मदिन पनि दुई दिन पर्न आएको छ । नेपाली पात्रो अनुसार माघ १५ गते जन्मदिन मनाएका विल्सन उर्फ तक्मेले अंग्रेजी क्यालेण्डर अनुसार जनावरी २९ (माघ १६ गते) मा पनि जन्मदिन मनाइरहेका छन् । कसरी त ?

wilson-bikram-rai

‘आफन्तले पन्ध्र गते सम्झिए आज चाहिं फेसबुकका साथीहरुले सम्झिइरहेका छन्’ गृह नगर झापामा रहेका विल्सनले भने, ‘गत सालमा चाहिं एकै दिन पथ्र्यो । यो साल चाहिं दुई दिन जन्मदिन पर्यो । दुई दिन जन्मदिन मनाउँन पाउँदा पनि मज्जा हुँदो रहेछ ।’ यो सालदेखि ३० वर्ष लागेका विल्सनले लामो समयपछि आफन्तसँग जन्मदिन मनाउने अवसर पाए । फुपुका छोराहरुसँग रमाइलो गरे अनि कन्काई नदीमा पुगेर पूजा आरधान । देश देखि विदेशसम्म निकै नै रुचाइएका विल्सनलाई जन्मदिनमा के के आयो त उपहार ? उनले हाँस्दै भने, ‘कोही कोहीबाट विशेष उपहार पाएको छु ।’ को हुन् त विल्सनलाई विशेष उपहार दिने कोही कोही ? ‘समय आएपछि आफैं थाहा भैहाल्छ नि । म कहाँ लुकाएर राख्न सक्छु र ?’

wilson-with-nephew

निर्माता राजेश घतानी र गायक तथा नायक बाबु बोगटीसँग गृह जिल्लाको यात्रामा रहेका विल्सन शनिबार सिराहको गोलबजारमा आयोजना भएको कार्यक्रममा सहभागी भए । ‘कार्यक्रमले गर्दा जन्मदिनमा कुनै पुण्य कार्य गर्न सकिंन ।’ गएका जन्मदिनमा विल्सनले सामाजिक कार्य गर्दै आइरहेका थिए । विल्सनलाई फेरी पनि मज्जाको अनलाइन डटकमको तर्फबाट मज्जाको शुभकामना !

For More videos Log on to Mazzako TV