निर्देशकद्वा निश्चल बस्नेत र आशिफ शाह फिल्म ‘२ रुपैयाँ’ मा हिरो भएका छन् । असिम शाहले निर्देशन गर्ने कमेडी फिल्ममा निश्चल र आशिफको भूमिका कस्तो होला ? आशिफले आफ्नो र निश्चलको भूमिका बारे छोटकरीमा खुलाएका छन् ।

nischal-basnet-aashif-shah

आशिफका अनुसार ‘२ रुपैयाँ’ मा उनी र निश्चल मिल्ने साथी हुनेछन् । यी दुई मिल्ने साथीहरु यात्रामा निस्किंदा आइपर्ने समस्या र समस्या बाट उम्कंन खोज्दा आइपर्ने अर्को समस्यालाई उनीहरुले झेल्नु पर्नेछ । फिल्मको मूल कथा पनि यही हो । फिल्ममा निश्चल र आशिफ सहित कलाकारहरु बुद्धि तामाङ, रविन्द्र झा, राजन ईशान, प्रमोद अग्रहरी लयायतको अभिनय रहनेछ । राजनराज सिवाकोटीको संगीत रहने फिल्ममा अन्य कलाकार तथा प्राविधिक भने पक्का हुन बाँकी छन् । सम्भवतः आउँदो महिनाबाट छायाँकन सुरु हुने फिल्मलाई काठमाण्डौं र नवलपरासीमा खिचिनेछ ।

For More videos Log on to Mazzako TV