सौगात मल्लले लगाएको दाँतको मूल्य कति ?
सौगात मल्ल भर्सटायल एक्टर हुन् । हरेक जसो फिल्ममा सौगातले भिन्न भिन्न भूमिका निर्वाह गरिरहेका हुन्छन् । चैत ११ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘लप्पन छप्पन’ मा पनि सौगातले नयाँ भूमिका निर्वाह गरेका छन् । ट्रेलर रिलिज भएसँगै ‘लप्पन छप्पन’ मा सौगातको भूमिकाको चर्चा हुन थालेको छ । उनको गेटअपमा पनि विशेष गरी दाँतको चर्चा छ ।
सौगातले ‘लप्पन छप्पन’ मा दुई वटा नक्कली ‘कुकुर दाँत’ लगाएका छन् । सौगातले लगाएको उक्त नक्कली दाँतको मूल्य कति पर्यो होला । निर्माण टिमले जानकारी दिए अनुसार सौगातले लगाएको दाँतको मूल्य ४० हजार रुपैयाँ पर्न आउँछ । जुन दाँतलाई काठमाडौंको हिमाल डेन्टलबाट खरिद गरिएको हो । नक्कली दाँतमा सौगातको लुक्स विल्कुलै भिन्न देखिएको छ । उसो त फिल्ममा सौगातले बुङ्गुरको टाउको पनि लगाएका छन् । बाँकी उनले के के लगाएका छन् त ? त्यो भने फिल्म हलमा नै गएर हेर्नुपर्छ । अहिलेलाई भने ‘लप्पन छप्पन’ को यो ट्रेलर हेर्नुस् :
मुकुन्द भट्ट निर्देशित फिल्ममा सौगात सहित दयाहाङ राई, अर्पण थापा, बर्षा सिवाकोटी, देवु श्रेष्ठ, प्रकाशजंग शाह, सिड खरेल लगायतको अभिनय रहेको छ । ‘लप्पन छप्पन’ को ट्रेलरले यतिबेला चर्चा पाइरहेको छ ।
For More videos Log on to Mazzako TV