सञ्चारकर्मी तथा गायक दीपक गुरुङको नयाँ एल्बम ‘गुरुङसेनी नानी’ बजारमा आएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गीति एल्बम सार्वजनिक गरिएको हो ।
बरिष्ठ गायक तथा संगीतकार प्रकाश गुरुङ, रिपोटर्स क्लवका अध्यक्ष ऋषी धमला, पत्रकार दीपेन्द्र लगायतको हातबाट यसै साता एल्बम बिमोचन गरिएको हो ।

gurungseni-nani

कार्यक्रममा एल्बमको शीर्ष गीत ‘गुरुङसेनी नानी’को भिडियो समेत प्रदर्शन गरिएको थियो । ६ वटा गीत संग्रहित यस एल्बममा सबै गीतहरुको भिडियो क्रमश बनाउदै जाने गायकले बताएका छन् । एल्बमका गीतहरुमा सन्तोष धिमालको संगीत रहेको छ भने मनोज केसी र गायक गुरुङ स्वयमले शव्द रचना गरेका छन् ।

For More videos Log on to Mazzako TV