६० दिनमा सकियो पल र आँचलको प्रेम, किन लम्बियो सुटिङ ?
पल शाह र उनकी प्रेमिका आँचल शर्माको मुख्य भूमिका रहेको फिल्म ‘जोनी जेन्टलम्यान’ को सम्पूर्ण छायाँकन सम्पन्न भएको छ । सुटिङ सुरु भएको ६० दिनमा फिल्मको सम्पूर्ण छायाँकन सकिएको निर्देशक नितिन चन्दने बताए । बिहिबार राजधानीमा ईन्डक्ल्याप गरिएको थियो ।
निर्देशक चन्दका अनुसार फिल्म खिच्न अनुसार सोचे भन्दा दुई साता बढी समय लाग्यो । किन त ? ‘गानामा दुई साता बढी समय लाग्यो । फेरी काम पनि त चित्त बुझ्दो आउनु पर्यो ।’ गीतको लागि फिल्म युनिट भारतको दिल्ली, गोवा र सिलङ लगायत क्षेत्रमा पुगेको थियो । सिनको सबै सुटिङ भने काठमाण्डौंमा गरिएको निर्देशक चन्दको भनाई छ । अनलाईन एडिट गरिएको ‘जोनी जेन्टलम्यान’ लाई आउँदो बर्षको जेठ महिनामा प्रदर्शनमा ल्याउने उनको योजना छ । एन्ड्रियु पौडेलको लगानी रहेको फिल्ममा सञ्जु शाह सह लगानीकर्ताको रुपमा रहेकी छन् भने क्यामेरा रुपेश थापाको छ । फिल्ममा संगीत हर्कुलस बस्नेत र स्वचित शाक्यले दिएका छन् ।
रोमान्टिक एक्सन स्टोरी भन्ने फिल्म ‘जोनी जेन्टलम्यान’ मा पल र आँचलसँगै लक्ष्मी भूषाल, रवि गिरी, सन्तोष गिरी लगायत कलाकारहरुको अभिनय रहेको छ । ‘नाईं नभन्नू ल ४’ पछि पल र आँचलको फिल्म सुटिङ भएको हो । पल सुदर्शन थापाले निर्देशन गर्ने फिल्म ‘म यस्तो गीत गाउँछु’ मा पनि अनुबन्धित भएका छन्, जहाँ उनले नायिका पूजा शर्मासँग स्क्रिन सेयर गर्दैछन् ।
For More videos Log on to Mazzako TV