राजेश हमालको गलामा किन टुट्दैन् कालो डोरो ? (यो मज्जाको भिडियो हेर्नुस्)
अग्लो कद अनि लामो कपाल । यी त भए महानायक राजेश हमाललाई जो कोहीले चिन्ने बाहिरी आवरण । तर महानायक हमालसँग एउटा यस्तो वस्तु छ जो कहिले टुट्दैन । त्यो हो उनले गलामा लगाउँने कालो डोरो । किन लगाउँछन् महानायक कालो डोरो ? मज्जाको टिभीसँग उनले यसको रहस्य खोलेका छन् । भिडियो हेर्नुस् :
महानायक हमालका अनुसार बाह्र या तेह्र बर्षको छंदादेखि उनले त्यो माला लगाउन थालेका हुन् । पहिलो फिल्म ‘युग देखि युग सम्म’ मा पनि उनले सोही माला लगाएर अभिनय गरेका थिए । महानायक सम्झन्छन्, ‘धेरै वर्ष लगाउँदा मालाको बाँधेको भाग जमेर रुद्राक्ष जस्तो भएको थियो । त्यही माला लगाएर मैंले पहिलो फिल्म ‘युग देखि युग सम्म’ गरे । त्यसपछि कालो मालासँग मेरो आत्मियता बढ्यो । कहिले काहीं माला चुँडियो भने पनि याद राख्नेले दिने गर्नु हुन्छ ।’
For More videos Log on to Mazzako TV