‘म यस्तो गीत गाउँछु’ मा रेकर्ड भए ७ गीत, रहन्छन् कति ?
सामान्यतः नेपाली फिल्ममा तीन देखि पाँच वटा सम्म गीतहरु राख्ने चलन छ । तर, फिल्म ‘म यस्तो गीत गाउँछु’ का लागि भने सात वटा गीतहरु रेकर्ड गरिएका छन् । के यी सबै गीतहरु फिल्ममा राखिन्छन् त ?
निर्देशक सुदर्शन थापाका अनुसार सात मध्ये उत्कृष्ट छानेर तीन वटा मात्रै गीतहरु ‘म यस्तो गीत गाउँछु’ मा राखिनेछन् । किन गरियो त यस्तो ? निर्माता समेत रहेका निर्देशक थापा भन्छन्, ‘कुन गीत कस्तो छ भनेर रेकर्ड पछि नै थाहा हुन्छ । त्यसैले हामीले यस्तो गरेका हौं ।’ अर्जुन पोखरेलको संगीत रहेका सात वटै गीतहरु रेकर्ड भएर ‘म यस्तो गीत गाउँछु’ का लागि तीन वटा गीतहरु छनोट भैसकेका छन् । संगीतकार पोखरेल भन्छन्, ‘यस पटकको गीतहरुले पक्कै पनि दर्शक तथा श्रोताको मन जित्नेछन् ।’ गीतहरुमा सुगम पोखरेल, अर्जुन पोखरेल, प्रमोद खरेल र अन्जु पन्तको स्वर छ । थापको निर्देशन र पोखरेलको संगीत रहेको ‘प्रेम गीत’ को शिर्ष गीत सहित अन्य गीतहरु सुपरहिट भएका थिए । पूजा र पलसँग गरिएको मज्जाको गफ हेर्नुस् :
साँगीतिक प्रेम कथा भन्ने फिल्म ‘म यस्तो गीत गाउँछु’ मा पूजा शर्मा र पल शाह मुख्य भूमिकामा प्रस्तुत हुँदैछन् । संजय लामाको छायाँकन रहने फिल्मको आउने सातादेखि छायाँकन सुरु हुनेछ । यतिबेला निर्देशक थापा सहितको टोली लोकेशन हटिन्ङका लागि मोफसल निस्किएको छ ।
For More videos Log on to Mazzako TV








