बहुप्रतिक्षित फिल्मट ‘लुट २’ को नयाँ गीत रिलिज भएको छ । ‘घ्याम्पे’ बोलको गीतमा र्यापका किङ्ग स्व.यमबुद्धलाई समेत सम्झिइएको छ । निश्चल बस्नेत र हर्कुलस बस्नेतले गाएको गीतमा ‘यमबुद्ध लभ यू’ भनिएको छ । हर्कुलसको शब्द तथा संगीत रहेको गीतको भिडियो यस्तो बनेको छ :

रेनशा वान्तवा राईको कोरियोग्राफी रहेको गीतमा सौगात मल्ल, विपिन कार्की लगायतलाई देख्न सकिन्छ । यसअघि ‘लुट २’ को ‘ठमेल बजार’ बोलको गीत सुपरहिट भैसकेको छ । निश्चल बस्नेत निर्देशित फिल्म फागुन १३ गतेदेखि अल नेपाल प्रदर्शनमा आउँदैछ ।
nischa-basnet-yama-buddha

स्व.यामबुद्धसँग निश्चल र निर्देशक रामबाबु गुरुङ ।

माधव वाग्ले र नरेन्द्र महर्जनको संयुक्त निर्माण रहेको फिल्म ‘लुट २’ मा सौगात मल्ल, दयाहाङ राई, ऋचा शर्मा, विपिन कार्की, कामेश्वर चौरसिया, सृजना सुब्बा, सुशिलराज पाण्डे लगायतको अभिनय रहेको छ । फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् ।

For More videos Log on to Mazzako TV