‘राधे’ सुटिङमा किन भइन् प्रियंका कार्की बेहोस ?
नयाँ नेपाली वर्ष बैशाख १ देखि प्रदर्शनमा आउने फिल्म ‘राधे’ को सम्पूर्ण छायाँकन सकिएको छ । निखिल उप्रेती र प्रियंका कार्की शिर्ष भूमिकामा रहेको फिल्मको यसै सातादेखि छायाँकन सकिएको निर्माता सुशिल पोखरेलले जानकारी दिएका छन् । सुटिङका क्रममा निखिल र प्रियंका बेहोस समेत भएको निर्माता पोखरेलले खुलाएका छन् ।

निर्माता पोखरेलले फेसबुकमा लेखेका छन्, ‘आज हाम्रो ‘राधे’ टिम चलचित्रको गित सम्पन्न गरी काठमाडौं फर्किएको छौ । आफ्नो स्वास्थ स्तिथि ठीक नहुँदा पनि आफ्नो कर्म पुरा गर्ने सुपरस्टार नायक निखिल उप्रेति, चिसो हिउँमा बेहोस हुँदा पनि आफ्नो कर्म पुरा गर्ने सुपरस्टार नायिका प्रियंका कार्की, डान्स डाइरेक्टर रामजी लामिछाने, छायाँकार कृष्ण श्रेष्ठ, संगीतकार अर्जुन पोखरेल लगायत सम्पूर्ण प्राबिधिक टोली तथा सहयोगी साथी हरुलाई मेरो फिल्मी कारीयर को सर्बश्रेष्ठ गित बनाई दिनु भएकोमा नमन तथा भौगोलिक बिकटताले गर्दा अभाव पनि हुन गयो होला, दुःख पनि भयो होल, व्यवस्थापन मा कमी कमजोरी हुन गयो होला त्यस्को लागि क्षमा चाहन्छु ।’
For More videos Log on to Mazzako TV







