फिल्म ‘पञ्चायत’ डबिङ अर्थात् स्वराङ्कनमा केही समस्या आएको छ । निर्देशक शिवम् अधिकारीका अनुसार बाग्लुङमा बोलिने पुरानो भाषा फिल्ममा प्रयोग गरिएको छ । कलाकारलाई त्यहाँको भाषा बोल्न अप्ठ्यारो परेका कारण ‘पञ्चायत’ को डविङ कार्यमा समस्या आइरहेको निर्देशक अधिकारीको भनाई छ । अभिनेत्री रुपा राणाले हाल फिल्मको डविङ कार्य गरिरहेकी छिन् ।

rupa-rana

निर्देशक अधिकारीले भन्छन्, ‘भाषको कारण डविङमा सोचे भन्दा बढी समय लागिरहेको छ । तर हामीले राम्रो काम लिने प्रयास गरिरहेका छौं ।’ सञ्चारकर्मी रबि अधिकारी कार्यकारी निर्माता रहेको ‘पञ्चायत’ लाई अर्को बर्ष रिलिजको लक्ष्य राखिएको छ । गणेश गिरीको प्रस्तुति रहेको यस फिल्ममा सुशान्त श्रेष्ठ र शंकर सुवेदी निर्माताको रुपमा रहेका छन् । पञ्चायत’ लाई अन्तराष्ट्रिय फेस्टिभलहरुमा सहभागी गराउने तयारी समेत भैरहेको निर्माता सुशान्त श्रेष्ठले बताएका छन् ।

shivam-rupa

फिल्म ‘पञ्चायत’ मा सरोज खनाल र नीता ढुङगाना मुख्य भुमिकामा छन् । साथमा रुपा राना, गणेश गिरी,जाहन्वी बस्नेत, बिशाल पहाडि, गिता अधिकारी, किरण थापा, राजुबाबु श्रेष्ठ लगायतको पनि अभिनय रहेको छ । रामेश्वर कार्कीको छायांकन रहेको फिल्ममा टंक बुढाथोकीको संगीत छ ।

For More videos Log on to Mazzako TV