आसिफ र निश्चल ‘२ रुपैयाँ’ का हिरो
फिल्म ‘२ रुपैयाँ’ मा मुख्य कलाकारहरु पक्का भएका छन् । असिम शाहले निर्देशन गर्ने फिल्ममा आसिफ शाह, निश्चल बस्नेत, बुद्धि तामाङ, रविन्द्र झा, राजन ईशान र प्रमोद अग्रहरी मुख्य भूमिकामा पक्का भएका हुन् ।

निश्चलले चाँडै नै बाँकी कलाकार पक्का हुने आफ्नो फेसबुक स्टाटसमा पोस्ट गरेका छन् । ‘२ रुपैयाँ’ लाई G21 र ब्ल्याक हर्स पिक्चर्सले संयुत्त रुपमा निर्माण गर्नेछन् । कलाकार तथा प्राविधिक पक्का गरेर चाँडै नै सुटिङ थाल्ने निर्माण युनिट छ ।
For More videos Log on to Mazzako TV







