झण्डै तीन दशकदेखि नेपाली फिल्म क्षेत्रमा सक्रिय महानायक राजेश हमालका फ्यान कुन वर्गका बढी होलान् ? महानायक हमालका पालाका दर्शकहरु सम्भवतः अहिले उतिसारो फिल्म नहेर्लान् । युवा पुस्तामा नयाँ स्टारको क्रेज बढी हुन् सक्ला । यो मज्जाको भिडियो हेर्नुस् :

यदि तपाईं यस्तो अनुमान लगाउँदै हुनुहुन्छ भने तपाईं गलत हुनुहुन्छ । सोमबार तनहुँ जिल्लाको जामुनेमा गाविस ४ मा देखिएको फ्यानको हुलबाट महानायक हमालका फ्यान हरेक उमेर समुहका रहेछन् भन्ने कुराको पुष्टि भयो । जब महानायक हमाल जामुने पुगे तब त्यहाँका बालक देखि वृद्धावृछासम्म उनलाई हेर्न र सेल्फी खिच्न झुम्मिए । त्यहाँका स्थानियले फूल माला र अबिरले न्यानो स्वागत गरे ।

rajesh-hamal1

जामुनेमा रहेको राधा माध्यमिक विद्यालयको ३६ औं वार्षिक उत्सव र घाँसी समाज नेपालले निर्माण गरेको सोही विद्यालयको चार कोठे भवन हस्तान्तरण गर्न पुगेका हमाल आफ्ना फ्यानबाट यसरी घेरिए की उनी कार्यक्रमको पुरा अवधीभर बस्न पाएनन् । सेल्फी खिच्न तँछाड मँछाड गर्ने फ्यानबाट उनलाई सहयोगीले सुरक्षित स्थल ल्याउनु पर्यो । यद्पी उनले केहीबेर फ्यानसँग भलाकुसारी भने गरेका थिए । एक स्कूले बालक फ्यानले महानायक हमाललाई राष्ट्रप्रेमी फिल्म खेल्न सुझाव दिए ।

rajesh-hamal-with-fan1

घाँसी समाज नेपालको मानार्थ सदस्य रहेका महानायक हमाल तनहुँसँगै अन्य जिल्लामा पनि आयोजना हुने विद्यालय निर्माण र हस्तान्तरण कार्यक्रममा सहभागी हुनेछन् । घाँसी नेपालका अध्यक्ष माधव प्रसाद घिमिरेले भूकम्पपछि भत्किएका विद्यालय गोर्खा सहित भूकम्प प्रभावित जिल्लाहरुमा निर्माण गर्ने बताएका छन् । तस्बिर : उद्धव रसाईली

rajesh-hamal-with-old-fan

rajesh-hamal-selfie-with-fan

rajesh-hamal-abd-team

For More videos Log on to Mazzako TV