चलचित्र संघमा उदयको नेतृत्व : निर्विरोध भएपछि यस्तो भने
नेपाल चलचित्र संघको अध्यक्ष पदमा प्रदीपकुमार उदय निर्विरोध निर्वाचित भएका छन् । मंगलबार हेटौंडामा भएको संघको ४४ औं साधारण सभाले उदयलाई अध्यक्ष पदमा निर्विरोध रुपमा चयन गरेको हो । अध्यक्ष सहित साधारण सभाले १३ जना कार्य समिति सदस्यलाई पनि निर्विरोध रुपमा चयन गरेको छ ।

चलचित्र संघको नयाँ कार्य समिति सदस्यहरुमा राजीव कुमार शाह, मिजास पोखरेल, नारायण प्रसाद आचार्य, गोपालकाजी कायस्थ, अर्जुन श्रेष्ठ, विक्रम पराजुली, अशोक शर्मा, नरेन्द्र महर्जन, विरेन्द्र नारायण श्रेष्ठ, मदनमान बज्रचार्य, मधुसुदन प्रधान, कपिल द्वा र ओम जैसी रहेका छन् । नव निर्वाचित अध्यक्ष तथा सदस्यहरुलाई वर्तमान अध्यक्ष नकिम उद्धिनले बधाई दिदैं खादा तथा अबिरले स्वागत गरेका थिए । महासचिव सहितको बाँकी कार्य समिति पदाधिकारीको भने पछि चयन गरिनेछ । बैशाखमा सम्पूर्ण कार्य समिति पदाधिकारीहरुले पद तथा गापनियताको सपथ ग्रहण गर्नेछन् ।

नेपाली चलचित्र क्षेत्रको सबै भन्दा जेठा संघको अध्यक्ष पदमा निर्विरोध रुपमा निर्वाचित भएपछि अध्यक्ष उदयले आफ्नो दायित्व थपिएको महशुस भएको बताए । उनले भने, ‘अन्य संघ संस्थासँग मिलेर हातेमालो गर्दै अगाडी बढ्छौं । तर हाम्रो पनि अस्तित्व स्विकार भने हुनुपर्दछ ।’ फिल्म वितरक र प्रदर्शकको छाता संगठनको रुपमा रहेको नेपाल चलचित्र संघ करिब ६० वर्ष अगाडी स्थापना भएको हो । यो कार्यवधिमा नव निर्वाचित अध्यक्षका पिता द्वारिका प्रसाद उदय नै दुई दुई पटक अध्यक्ष पदमा निर्वाचित भैसकेका छन् ।
For More videos Log on to Mazzako TV







