महानायकको हातबाट बिद्यालय भवन हस्तान्तरण (भिडियो सहित)
घाँसी आदर्श समाज नेपाल द्वारा निर्मित राधा मावि जामुने तनहुँको चार कोठे भवनको हस्तान्तरण महानायक राजेश हमालको हातबाट गरिएको छ । हमाल कार्यक्रममा विशिष्ट अतिथी बनेर तनहुँ पुगेका थिए ।
घाँसी नेपालको मानार्थ सदस्यता समेत रहेका हमाल पुगेपछि कार्यक्रममा थप रौनकता थपिएको थियो । राधा माध्यामिक विधालयको ३६ औं वार्षिकोत्सव तथा अभिभावक दिवसमा पुगेर हमालले भवन हस्तान्तरण मात्रै गरेनन् सदा झै उनका केही पुराना डाईलगहरु पनि सुनाए । उनले विद्यालयका विद्यार्थीहरुसँग भलाकुसारी पनि गरे ।