विश्व प्रसिद्ध साँगीतिक रियालिटी शो नेपालमा पनि हुने भएको छ । अमेरिका, बेलायत, भारत लगायत विश्वका ५४ वटा मुलुकमा आयोजना भैरहेको यो शो अब नेपालमा हुने भएको हो । नयाँ टेलिभिजन च्यानल एपी वनमा प्रशारण हुने ‘नेपाल आइडल’ को यसै सातादेखि नेपालका मुख्य सात शहरहरुमा अडिसन सुरु गरिनेछ ।

laxmi-prasad-laxman

आइतबार आयोजना गरिएको प्रेसमिटमा कार्यक्रम निर्देशक लक्ष्मण पौड्यालले नेपालगञ्ज, बुटवल, नारागणगढ, वीरगञ्ज, विराटनगर, पोखरा र काठमाण्डौंमा अडिसन लिइने बताए । अडिसनमा १६ देखि ३० वर्षसम्मका प्रतियोगीले सहभागिता जनाउन सक्नेछन् । नेपालमै पहिलो पटक आयोजना हुन लागेको ‘नेपाल आइडल’ का विजेताले महिन्द्रा कयुभी वान ओ कार सहित २० लाख रुपैयाँ र १५ लाख बराबरको भिडियो एल्बमको करार प्राप्त गर्नेछन् ।

kaali-nihun-indira

‘नेपाल आइडल’ मा न्युहुँ बज्रचार्य, ईन्दिरा जोशी र कालिप्रसाद बाँस्कोटा मुख्य निर्णायकको रुपमा रहेका छन् । उनीहरुले रियालीटि शोमा सकेसम्म रमाईलो गर्ने बताए । ‘नेपाल आइडल’ को पहिलो श्रृङ्खला बढीमा ३२ भागसम्म प्रशारण हुनेछ । पहिलो पछि अन्य संस्करण पनि आउने कार्यक्रम निर्देशक पौड्यालले बताएका छन् ।

Watch Video Here :-

For More videos Log on to Mazzako TV