पाइरेसी पश्चात् युट्युवमा अपलोड भएको फिल्म ‘छक्का पञ्जा’ लाई दश दिनमा झण्डै ६० लाखले हेरेका छन् । सार्वजनिक प्रदर्शनमा सबैको वाही वाही कमाएर एक सय दिन पार गरेको यो फिल्मले युट्युवमा आउँदा भने मिश्रित प्रतिक्रिया पाइरहेको छ । दीपकराज गिरी र दिपाश्री निरौलाले निर्माण गरेको यो फिल्मलाई धेरै गाली दिएका छन् ।

dipak-raj-giri

आफ्नो फिल्मलाई आएका नाकारात्मक प्रतिक्रियाबारे निर्माता, लेखक तथा कलाकार दिपकराज गिरीले आइतबार आफ्नो फेसबुकमा व्याङ्ग्यत्मक स्टाटस पोस्ट गरेका छन् । दिपक लेख्छन्, ‘किन हामी नेपाली चलचित्रलाई यस्तो दृष्टिकोणले हेर्छौ ?’ दीपकको पूरा स्टाटस यस्तो छ :
यदि कुनै नेपालीले ‘दंगल’ बनाएको भए केहि नेपाली दर्शकको कमेन्टस् यस्तो हुन्थ्यो
१) त्यसरी २ वटा नाबालक छोरी माथि अन्याय गर्ने ?
चुपो लागेर पढ्नु पर्ने उमेरमा जबरजस्ति कुस्ति खेलाउने ?
यो सरासर बाल अधिकारको हनन् हो
२) बच्चा कुन क्षेत्रमा लाग्छु भन्ने बच्चाको ईच्या हो ,बाउले भनेको
मान्नै पर्ने यो कस्तो फिल्म हो
३) बच्चा नारि हुन् बौ पुरूष, यो सरासर नारि माथि अन्याय हो
४) आमिर खान बच्चालाई कुस्तिमा लान चाहन्छ, पत्निलाई बोल्न
दिदैंन, यो पनि पुरूषवादी समाजलाई प्रमुखता दिइएको झूर
फिल्म हो
५) आमिर खानले ४,४ वटा छोरी किन पायो ? २ वटामा
बन्ध्याकरण गर्नु पर्दैन ? छोरा नै किन खोज्या ? छोराको त्यति
धेरै महत्व ? छोरी केहि होइन … त्यसैले यो फिल्म मा सन्देश
केहि छैन.. बकवास मूभि हो.. के जान्या छ त्यो आमिरले ?
यो दृष्टिकोण हुन्थ्यो, यदि ‘दंगल’ नेपाली फिल्म हुन्थ्यो भने केहि दर्शकका लागि… किनकि यो दृष्टिकोण पनि त हुन सक्छ, मलाई याद छ एक जमानामा सुपरहिट फिल्म “ ‘लुट’ लाई लुट्न सिकाको ? अब हामी बैंक लुट्न जाने ? भन्ने कमेन्ट पनि आयो । किन हामि नेपाली चलचित्रलाई यस्तो दृष्टिकोणले हेर्छौ ? विदेशी फिल्मको अगाडि टाउको उठाको नेपाली चलचित्र उद्योग लाई समाप्तै पार्ने हो त ? जिज्ञासा मात्रै हो है घमन्ड नभन्नु होला ।

For More videos Log on to Mazzako TV