सिक्स प्याक सहित ‘के म तिम्रो होइन र’ बाट यसै वर्ष रजतपटमा डेव्यु भएका नायक हुन् आर्यन अधिकारी । फिल्म प्रदर्शनताका आर्यनको सिक्स प्याकको खुबै चर्चा भएको थियो । आर्यनले अभिनय गर्ने दोश्रो फिल्म ‘बटरफ्लाई’ मा भने सिक्स प्याकको चर्चा नहुने भएको छ । किन त ? निर्देशक ओम प्रतिकले यसको जवाफ दिएका छन् ।

aryan-adhikari-om-pratik

‘मैंले सुरुमा भेट्ने वित्तिकै मलाई यो सिक्स प्याक शरीर चाहिदैंन भनेको थिएँ । बरु ज्यान घटाउन चाहिं सल्लाह थिएँ’ शनिबार भद्रकाली मन्दिरमा ‘बटरफ्लाई’ को शुभ मुर्हत कार्यक्रम सकिएपछि निर्देशक ओम प्रतिकले मज्जाको टिभीसँग ‘हिरोलाई सिक्स प्याक पर्दैन’ भन्नुको कारण बारे भने, ‘पहिलो फिल्मको जस्तो रोल यो फिल्ममा छैन । त्यसैले आर्यनको सिक्स प्याक पर्दैन भनेको हुँ ।’  उसो त आर्यनले ‘बटरफ्लाई’ को लागि दश केजी तौल कम गरेका छन् । तरपनि उनले दोश्रो फिल्ममा सिक्स प्याक देखाउने छैनन् । ‘नयाँ प्रोजेक्टको लागि बिचमा मोटाएको थिएँ । अर्को प्रोजेक्ट सरेपछि यो साइँन गरें र दश केजी कम गरें ।’ आर्यनले वजनको कुरा गरेपनि नयाँ फिल्मको भूमिका बारे भने केही पनि बताउन नमिल्ने बताए । ‘भूमिका चाहिं सस्पेन्स नै राखौं होला’ आर्यनले हाँस्दै भने ।

आर्यन सहित प्रियंका कार्की र अर्पण थापाको मुख्य भूमिका रहने फिल्म ‘बटरफ्लाई’ को यसै सातादेखि पाल्पाको रानी महलबाट छायाँकन सुरु हुनेछ । धेरै जसो फिल्मको भाग त्यही सुटिङ गरिनेछ । सुरेश बज्रचार्यको छायाँकन रहने फिल्ममा दिपक शर्मा र विकास चौधरीको संगीत रहनेछ । रमेश प्रजापती कार्यकारी निर्माता रहने फिल्ममा रामशरण राणा, सरोज शाह, भुपेन्द्र सुवेदी, मन्दिल श्रेष्ठ सह निर्माताको रुपमा रहेका छन् भने पुष्पाञ्जली अधिकारी निर्माता र ध्रुवराज कन्ट्री निर्माताको रुपमा रहेका छन् ।

For More videos Log on to Mazzako TV