‘सुर्के थैली’ पछि फिल्म ‘छक्का पञ्जा’ को ‘पुर्व पश्चिम रेल’ लाई युट्युवमा सर्वाधिक हेरिएको छ । युट्युवमा अपलोड भएको झण्डै ८ महिनामा यो गीतलाई एक करोड बढीले हेरेका छन् । यसअघि ‘वडा नं ६’ को ‘सुर्के थैली’ ले एक करोड भ्युअर्स पाएको थियो ।

dipak-deepa-priyanka-magne

राजनराज सिवाकोटीको संगीत, स्वर तथा शब्द रहेको गीतमा महिला स्वर अञ्जु पन्तको छ । कविराज गहतराजले कोरियोग्राफी गरेको भिडियोमा दिपकराज गिरी, प्रियंका कार्की, केदार घिमिरे ‘माग्ने बुढा’, जितु नेपाल, नम्रता सापकोटा, बर्षा राउत, सुमन भान्जा लगायतको नृत्य छ । सिनेम्याटोग्राफी पुरुषोत्तम प्रधानको छ ।  भिडियो हेर्नुस् :

दिपकराज र गिरी र दिपाश्री निरौले निर्माण गरेको फिल्म ‘छक्का पञ्जा’ ले प्रदर्शनको एक सय दिन पार गरेको थियो भने १६ करोड माथिको कमाई गरेको थियो । किर्तिमानी फिल्म ‘छक्का पञ्जा’ दिपाश्रीको डेव्यु निर्देशकिय फिल्म हो ।

For More videos Log on to Mazzako TV