नम्रता श्रेष्ठ दुर्घटनामा, ‘पर्व’ को सुटिङ रोकियो
नायिका नम्रता श्रेष्ठ दुर्घटनामा परेकी छिन् । फिल्म ‘पर्व’ को सुटिङ सेटबाट फर्कँदै गर्दा शनिबार राति नायिका नम्रता श्रेष्ठ दुर्घटनामा परेकी हुन् । काठमाण्डौको नयाँ बानेश्वर चोकमा नम्रता र चलचित्रका सह निर्देशक सुरेश न्यौपाने चढेको टीभी फिल्मको भ्यान दुर्घटनामा परेको हो ।

बा.१. झ १७७५ नम्बरको ट्याक्सीले भ्यानलाई ठक्कर दिएको फिल्मका निर्देशक दिनेश राउतले जानकारी दिएका छन् । दिनेशका अनुसार नम्रताको हातमा चोट लागेको छ । सुरेशको भने खुट्टामा चोट लागेको छ । नम्रता घाइते भएपछि आइतबारको छायांकन स्थगित भएको निर्देशक राउतले जानकारी दिएका छन् । सुवास गिरी र निकिता पौडेलले संयुक्त रुपमा निर्माण गरिरहेको फिल्म ‘पर्व’ मा नम्रतासँग गायक तथा नायक कोशिस क्षेत्री मुख्य भूमिकामा प्रस्तुत भएका छन् ।चैत २५ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘पर्व’ को ‘काले दाई काले’ बोलको आइटम गीत रिलिज भैसकेको छ । जहाँ निर्देशक निश्चल बस्नेत र नायिका माला लिम्बुले कम्मर भाँचेका छन् ।
For More videos Log on to Mazzako TV







