एक महिनाको अन्तरालमा प्रदर्शन हुने दुई फिल्महरु ‘लुट २’ र ‘लप्पन छप्पन’ को टिमले आइतबार मैत्रीपूर्ण फुट्सल खेलेका छन् । चावाहिलस्थित भत्केको पुलमा रहेको धन्यन्तरी फुट्सल मैदानमा भएको खेलमा ‘लुट २’ को टिमले ‘लप्पन छप्पन’ टिमलाई २ का बिरुद्ध ३ गोलले पराजित गर्यो । यस्तै चलचित्र पत्रकार र दुई फिल्मको टिमबिच भएको प्रतिस्पर्धामा भने एक एक गोलमा खेलको समय सकिन गयो ।

loot2-lappan-chhapan-journalists-team

‘लुट २’ बाट निर्देशक निश्चल बस्नेत,  विपिन कार्की, सुशिलराज पाण्डे लगायत कलाकारहरु मैदानमा उत्रिएका थिए भने ‘लप्पन छप्पन’ टिमको तर्फबाट अभिनेता दायाहाङ राई, निर्देशक मुकुन्द भट्ट, लेखक तथा कलाकार प्रकाशजंग शाह लगायत मैदानमा उत्रिएका थिए । चलचित्र पत्रकारको टिममा दिपेन्द्र लामा, सुशिल पौडेल, दिनेश सिटौला, विकास लागिमछाने लगायत थिए । दुवै फिल्मलाई प्रचार प्रसारमा सहयोग पुगोस् भनेर मैत्रीपूर्ण फुटसल खेलमा सहभागी भएको निर्देशक बस्नेतले बताए । यता ‘लप्पन छप्पन’ का निर्देशक मुकुन्द भट्टले ट्रेलरबाट फिल्मले बनाएको हाइप प्रदर्शनसँगै कायम राख्ने बताए। फुट्सल खेल्न न्यू फेसन हब् राइजिङ मल र धन्यन्तरी फुटुसलले सहयोग गरेको थियो । ‘लुट २’ को ट्रेलर :

फागुन १३ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘लुट २’ सौगात मल्ल, दयाहाङ राई, विपिन कार्की, सुशिलराज पाण्डे, ऋचा शर्मा लगायत कलाकारहरुको अभिनय रहंदा ‘लप्पन छप्पन’ मा सौगात र दयाहाङसँगै अर्पण थापा, बर्ष सिवाकोटी, प्रकाशजंग शाह लगायतको अभिनय रहेको छ । ट्रेलर रिलिजसँगै चर्चामा आएको फिल्म ‘लप्पन छप्पन’ चैत ११ गतेदेखि प्रदर्शनमा आउँदैछ ।  ‘लप्पन छप्पन’ को ट्रेलर :

For More videos Log on to Mazzako TV