aakash-adhikari

फिल्म ‘छक्का पञ्जा’ पाइरेसी र पाइरेसीमा संलग्न युवाको आत्महत्यापछि सृजना भएको परिस्थितिलाई सम्बोधन गर्दै चलचित्र निर्माता संघले प्रेस विज्ञप्ती जारी गरेको छ । शुक्रबार नागपोखरी कार्यालयमा अध्यक्ष आकाश अधिकारीको अध्यक्षतामा बसेको बैठकले प्रेश विज्ञप्ती जारी गरेको हो । निर्माता संघले जारी गरेको प्रेस विज्ञप्तीको पूर्ण पाठ यस्तो छ :

प्रेस विज्ञप्ती
नेपाल चलचित्र निर्माता संघ प्रस्तुत विषयमा पाँच दशक भन्दा लामो इतिहास बोकेको नेपाली चलचित्र उद्योगमा विगत केही वर्षयता आशाका नयाँ पालुवाहरु पलाएर आएको हामी माझ स्पष्ट रहेको छ । समाजलाई दिशानिर्देश गर्ने माध्यमा चलचित्रको स्थान अग्रणिमै रहेको यथार्थ छ । समयको विकास क्रमसंगै नेपाली चलचित्र उद्योगमा समेत व्यापक परिवर्तनहरु आइरहेको छ । विश्वमात्र चित्रमा आजको समयसम्म आइपुग्दा प्रविधिको विकास संगसगै यसका केही नकारात्मक पाटाहरुले गर्दा स्रष्टा र सर्जकहरु मारमा परिरहेको हामी सवै माझ जगजाहेर नै छ, यसबाट चलचित्र उद्योग पनि अछुतो रहेन र छैन पनि, आजको युगान्तकारी प्रविधि मैत्री युगको टढकारो समस्या पाईरेसी रहेको छ । स्वदेशी चलचित्र उद्योगमा पनि बेला बेलामा चलचित्रको पाइरेसी भइरहने र लाखौ करोडौ रुपैया लगानि गरेर निर्माण गरिने चलचित्र निर्माता प्रत्यक्ष मारमा परिरहेको तितो यथार्थ रहि आएको छ । पछिल्लो समयमा पनि नेपाली चलचित्र उद्योगमा हाल सम्मकै उत्कृष्ट व्यावसय गरीरहेको सिनेमा छक्का पञ्जाको पाइरेसी भएको खबर बाहिर आएको थियो र उक्त चलचित्रको पाइरेसीमा संलग्न रहेको व्यक्तिहरु र निर्माता बिच प्रहरी प्रशासनको रोहवरमा छलफल गरी दोसिलाई माफि समेत दिएको र केही दिन पश्चात आरोपित मध्येका एक व्यक्तिले आत्मा हत्या गरेको खबरले हामीलाई अत्यन्तै मर्मा्हित तुल्याएको छ । यस संस्थाको कार्यसमिति सदस्य समेत रहेका उक्त चलचित्रका अभिनेता तथा निर्माता दिपक राज गिरीको सम्वन्धमा विभिन्न अनलाईन तथा सामाजिक संजालहरुमा निजको चरित्र हत्या एवं मान सम्मानमा आँच आउने खालका अश्लील गाली गलौच र आरोप प्रति यस निर्माता संघ स्तब्ध भएको छ । चलचित्रको पाइरेसी र आत्मा हत्या अलग अलग र भिन्न पाटो हुन, कुनै पनि विषयवस्तुको सम्वन्धमा कसै प्रति आरोप प्रत्यारोपमा उत्रदा विषयवस्तु उपर गहिरिएर र त्यसको सत्यतामा आधारित रहेर मात्र अभिव्यक्ति दिदा सोभनिय हुन्छ । कुनै पनि संचार माध्यम र समाजिक संजालमा समाचार र विचार दिदा सत्य र तथ्यमा आधारित रहेर आफ्ना अभिव्यक्ति र समाचार सम्प्रेषण गर्नहुन सम्वन्धित सवैमा यस निर्माता संघ आव्हान गर्दछ । चलचित्र पाइरेसी भनेको फौजदार अपराध मात्र नभएर कसैको सृजनाको चोरी समेत गर्नु हो यसबाट कसैले पनि कानुनी उन्मुक्ति पाउनु हुँदैन भन्ने ठहर निर्माता संघको रहेको छ । सो घटनाको सम्वन्धमा काठमाण्डौ प्रहरीले अनुसन्धान गरिरहेको र निर्माता तथा कलाकार स्वयमबाट समेत उक्त घटनाको निश्पक्ष छानबिन होस भनि आग्रह गरिरहेको अवस्थामा चलचित्र पाइरेसीबाट पिडा भोगिरहेकामा युवकको आत्मा हत्याले थपपिडा भएको कठिन परिस्थितीमा संबेदनहिन भ्रामक र कपोकल्पीत आरोपले झन मर्मा्हित र बाँचे पनि मरेतुल्य भएका होलान निर्माता÷कलाकार दिपक राज गिरी, यसको अनुमान समेत लगाउन मुस्कील छ । समग्र चलचित्र निर्माताहरुको संगठित संस्था नेपाल चलचित्र निर्माता संघ, मृतक युवकको आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनमा भगवान पशुपतिनाथले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन र कलाकार दिपक राज गिरी उपर सत्य र तथ्य विना मिथ्या आरोप र गाली गलौज नगरि बरु प्रहरी प्रशासनबाट भइरहेको छानबिनमा सहयोग गर्न सम्वन्धित सवैमा यस संघ आग्रह गर्दछ ।

आकाश अधिकारी (अध्यक्ष)

For More videos Log on to Mazzako TV