यो शुक्रबार एक मात्र नयाँ फिल्म प्रदर्शनमा आएको छ, ‘नेटवर्क’ । नरेन्द्र बहादुर धामीको निर्देशन रहेको यो फिल्म बिना प्रचार सार्वजनिक प्रदर्शनमा आएको हो । नयाँ कलाकारहरुको अभिनय रहेको यो फिल्मको चर्चा शून्य जस्तै छ । व्यापार कस्तो गर्ला त ? ट्रेलर हेर्नुस् :

यो शुक्रबार प्रदर्शनमा आएको फिल्म ‘नेटवर्क’ को व्यापार जे जस्तो भएपनि गत बिहिबार प्रदर्शनमा आएका तीन फिल्महरुको व्यापार भने राम्रो हुन सकेन । ‘लभ साशा’ र ‘शब्द’ को व्यापार निकै न्यून हुँदा ‘किङ्ग’ सोचे अनुरुपको दर्शकलाई हलमा आकर्षण गर्न सकेन । एक्सन स्टार निखिल उप्रेती स्टारर ‘किङ्ग’ हेर्न माघे संघ्रान्तीको दिन शनिबार भने हलमा दर्शकको उपस्थिति उल्लेख्य थियो ।

king-love-sasha-sabda

शनिबार अघि र पछिका दिनमा भने ‘किङ्ग’ को पनि अवस्था अन्य दुई फिल्मको जस्तै रहन गयो । निकै नै प्रतिक्षा गरिएको फिल्म ‘किङ्ग’ सोचे अनुरुप किन चलेन ? फिल्म बजारमा यही चर्चा छ । ‘लभ साशा’ र ‘शब्द’ ले निर्माताको लगानी सुरक्षित नगर्ने पक्का छ ।

For More videos Log on to Mazzako TV