आर्यनको ‘बटरफ्लाई’ प्रियंका, कस्तो होला केमेस्ट्री ?
‘के म तिम्रो होइन र’ का बाट डेव्यु भएका नायक आर्यन अधिकारी नयाँ फिल्ममा अनुबन्धि भएका छन् । ‘बटरफ्लाई’ अर्थात् ‘पुतली’ मा आर्यनको अपोजिटमा नायिका प्रियंका कार्की मुख्य हिरोइनको रुपमा प्रस्तुत हुनेछिन् । सिक्स प्याकवाला हिरो र चल्तीकी हट हिरोइन बिचको केमेस्ट्री कस्तो होला ?
प्रतिक गुरुङले निर्देशक गर्ने फिल्म ‘बटरफ्लाई’ मा आर्यन र प्रियंकासँगै अभिनेता अर्पण थापा पनि मुख्य भूमिकामा प्रस्तुत हुँदैछन् । फिल्मकै लागि आर्यन यतिबेला आफ्नो शरीरलाई थप बनाउँदैछन् । द फ्रेम क्रियशनको व्यानरमा सन्तोष अधिकारीले निर्माण गर्ने ‘बटरफ्लाई’ को यही वर्षदेखि छायाँकन सुरु हुनेछ । फिल्म एक्सन लभ स्टोरीमा आधारित हुनेछ ।
For More videos Log on to Mazzako TV