‘रुद्रप्रिया’ बाट भएकै हो त रेखाको ‘प्याट्रन’ परिवर्तन ?
राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरेकी नायिका रेखा थापाले नयाँ फिल्म ‘रुद्रप्रिया’ निर्माणको घोषणा गरेकी छिन् । प्रजातन्त्र पार्टी प्रवेश गरेको चर्चा सेलाउन नपाउँदै रेखाले बनाउँने नयाँ फिल्मको पनि चर्चा सुरु हुन थालेको छ । चर्चा यसकारण कि ‘रुद्रप्रिया’ बाट रेखाले फिल्म बनाउने आफ्नो ‘प्याट्रन’ मा परिवर्तन गरेको धेरैले अड्कल काटेका छन् । के रेखाले आफ्नो प्याट्रन परिवर्तन गरेकै हुन् त ?
हो, रेखाले आफ्नो ‘प्याट्रन’ परिवर्तन गरेकै हुन् । सबैभन्दा पहिला त रेखाले आफ्नो क्यामलाई परिवर्तन गरेकी छिन् । ‘क्याम्प’ भन्दा बाहिर गएर रेखाले निर्देशक तथा कलाकार अनुबन्धित गरेकी छिन् । ‘काली’ देखि ‘राम प्यारी’ सम्म एउटै ‘फ्लेवर’ दिइन् भन्ने आरोप खेपेकी रेखाले ‘रुद्रप्रिया’ मा नयाँ टिम खडा गरेर ‘न्यू टेस्ट’ निकाल्न खोजेकी छिन् । निर्देशक सुदिप भूपाल सिंह, कलाकारहरु सुदर्शन थापा र अर्पण थापा रेखाका लागि नयाँ पात्र हुन् । नयाँ पात्रले रेखाको चलि आएको शैलीलाई पक्कै अपनाउने छैनन् । अर्को कुरा फिल्म ‘रुद्रप्रिया’ मा रेखाले अघिल्ला फिल्महरुमा झैं एक ‘किक’ ले दश गुण्डा ढाल्ने छैनन् । बुझिए अनुसार उनले यो फिल्ममा विचारको लडाँइ लड्नेछिन् । निर्देशक भूपाल रेखाको किक भन्दा पनि स्क्रिप्ट बलियो बनाउन तिर व्यस्त छन् ।
झण्डै दुई दशकको फिल्मी करिअरमा रेखाले पहिलो पटक क्याम्प भन्दा माथि उठेर ‘रुद्रप्यारी’ निर्माण गर्न लागेकी हुन् । रमेश पौडेलसँगको साझेदारीमा निर्माण हुने लागेको फिल्मलाई संजय लामाले खिच्दैछन् भने संगीत सुरेश अधिकारीले दिनेछन् । दशैंमा रिलिज हुने ‘रुद्रप्रिया’ ले रेखाका गत फिल्महरुले भन्दा बढी दर्शक हलमा आकर्षण गर्नु पर्ने चुनौती छ । किनकी उनले ‘प्याट्रन’ परिवर्तन गरेकी छिन् ।
For More videos Log on to Mazzako TV