अभिनेत्री करिश्मा मानन्धरले पुनः फिल्म निर्माण गर्ने योजना बनाएकी छिन् । यही योजना अनुरुप करिश्मा यतिबेला फिल्मको स्क्रिप्टिङमा व्यस्त छिन् । सम्भवतः यो फिल्मलाई करिश्मा आफैंले निर्देशन गर्नेछिन् ।

karishma-kabita

करिश्मा आफैंले निर्देशन गर्ने फिल्ममा करिश्माकी छोरी कविता लिड हिरोइन हुन सक्नेछिन् । छोरीलाई मायाले करिश्मा  ‘कबु’ भनी बोलाउँछिन् । तर फिल्म खेल्न  ‘कबु’ लाई करिश्माले सर्त राखेकी छिन् । करिश्माको सर्त अनुसार कविताले फिल्म खेल्न आफ्नो तौल कम गर्नु पर्नेछ । ‘कबुले फिल्म खेल्ने रहर त देखाएको छ । तर उसले आफ्नो तौल कम गर्नु पर्छ’ करिश्मा एक जमघटमा भनेकी थिइन् । यदि तौल घटाएको खण्डमा भने करिश्माकी कवु फिल्मको हिरोइन बन्नेछिन् ।

karishma's-daughter

कबिताको हालसालको तस्बिर ।

एक मात्र सन्तानको रुपमा रहेकी छोरी कविता यतिबेला अमेरिकामा अध्ययनको क्रममा छिन् । छोरीलाई भेट्न पिता विनोद मानन्धर केही महिना पहिले अमेरिका गएका थिए । के छोरी कविताले पनि आमाले जस्तै नेपाली फिल्म क्षेत्रमा आफ्नो छाप छोड्लिन् ?

For More videos Log on to Mazzako TV