गत शनिबार लण्डनमा बाथरुममा बेल्टको पासो लागेर आत्महत्या गरेका चर्चित नेपाली र्यापर यमबुद्ध अर्थात अनिल अधिकारीको सम्झनामा गायिका आस्था राउतले मन छुने कविता कोरेकी छिन् ।

yama-budha-astha-raut

आफ्ना साथी यमबुद्धलाई सम्झंदै बिहिबार आस्थाले आफ्नो फेसबुकमा राखेको कविताका हरफहरु यस्ता छन् :

पत्याउँनै सक्दिंन साथी,
छाडेर गयौ खै कहाँ धेरै धेरै माथी..
सोच्थेँ तिमी जुझारु छौ,
शब्दको वाण हान्न सफल योद्धा हौ !
तिम्रा मनका भावहरु शब्दमा आउँथे
आक्रामक बुलन्द आवाज बनि छाउँथे
गाउँ बस्ती शहर, तराई, पहाड, हिमाल सबैले गाउँथे
युवाहरुले त झन आफ्नै सोच ठान्थें !
तर यार साथी तिमी कहाँ पुग्यौ ?
जानु थियो कहाँ… पुग्यौ कहाँ ?
हुनु थियो के… भयो के !
आज सबैलाई रुवाएर गयौं !
नहार भन्नेले नै हारेर गयौं !
अब जहाँ छौ, सायद तिम्रो नजरमा खुशी छौ !
हामी जहाँ छौ, हामी तिमीलाई सम्झेर दुखी छौँ !
तिम्रो आत्माको चिर शान्तिको कामना
छोटो मिठो सम्झना !
साथी आस्था राउत

For More videos Log on to Mazzako TV