८ मा दयाहाङको भागमा कति छन् सफल फिल्म ?
अभिनेता दयाहाङ राईका यो वर्ष सर्वाधिक फिल्महरु प्रदर्शनमा आउने भएका छन् । ‘हाउ फन्नी’, ‘झुम्की’, ‘वीर विक्रम’, ‘पुरानो डुङ्गा’ र ‘सेतो सूर्य’ प्रदर्शनमा आइसक्दा दयाहाङका ‘लुट २’, ‘लाल्टिन’ र ‘लप्पन छप्पन’ प्रदर्शनको पर्खाइमा छन् । यसर्थ यो वर्ष उनका आठ फिल्महरु प्रदर्शनमा आउने पक्का भएका छन् । दयाहाङ अभिनित फिल्म कति सफल भए र कति असफल ? प्रदर्शनको पर्खाइमा रहेका फिल्महरु के होलान् ? छोटो चर्चा गरौं :
बैशाखको पहिलो साता प्रदर्शनमा आएको फिल्म ‘हाउ फन्नी’ ले औषत व्यापार गर्यो । यो फिल्मबाट दयाहाङलाई खास फाइदा पुगेन । किनकी लिड रोलमा नायिकाद्वाय प्रियंका कार्की र केकी अधिकारी थिए । ‘हाउ फन्नी’ पछि दयाहाङ अभिनित फिल्म ‘वीर विक्रम’ प्रदर्शनमा आयो । निर्माताको लगानी सुरक्षित गरेको यो फिल्मले दयाहाङलाई फाइदै गरायो । फिल्ममा उनको शिर्ष भूमिका थियो ।
यसपछि प्रदर्शनमा आएका दयाहाङका तीन फिल्महरु ‘झुम्की’, ‘पुरानो डुङ्गा’ र ‘सेतो सूर्य’ ले भने निर्मातालाई घाटा लगायो । उनका शुभ चिन्तकको भागमा निराशा पर्यो । ‘झुम्की’ को व्यापार निकै न्यून रह्यो । ‘पुरानो डुङ्गा’ लाई दर्शकले सोच जस्तो पाएनन् । व्यापार उत्कृष्ट हुने सकेन । ‘सेता सूर्य’ ले समिक्षा जस्तो दर्शकको साथ पाएन । हालसम्म दयाहाङको भागमा व्यापारिक रुपमा सफल भन्दा असफल फिल्मको संख्या धेरै छन् ।
तर, फागुन १३ गते प्रदर्शन हुने फिल्म ‘लुट २’ लाई बहुप्रतिक्षित रुपमा हेरिएको छ । निश्चल बस्नेत निर्देशित फिल्ममा दयाहाङ र सौगात मल्लको मुख्य भूमिका छ । यस्तै चैत ११ गते रिलिज हुने फिल्म ‘लप्पन छप्पन’ को ट्रेलर रिलिज भएसँगै प्रतिक्षा बढेको छ भने चैत १८ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘लाल्टिन’ को पनि प्रचार थालिएको छ ।
साराशंमा दयाहाङको फिल्म दर्शकलाई महिनैपिच्छे चाहिएको छैन । अझै पनि ‘अफर’ आएजति फिल्म खेल्ने हो भने दयाहाङको भागमा सफल फिल्मको कम र असफल फिल्मको चाङ लामो हुनेछन् । उनले उत्कृष्ट स्क्रिप्ट, भूमिका, निर्माण कम्पनी र निर्देशक हेरेर फिल्म खेल्न आवश्यक छ ।
For More videos Log on to Mazzako TV