नायिका नम्रता सापकोटाले गायकद्वया सुगम पोखरेल र नविन के भट्टराईसँगको आफ्नो नयाँ फोटो फेसबुकमा अपलोड गरेकी छिन्, जुन तीन जनाको तस्बिर हेर्दा निकै रमाईलो लाग्छ । सुगम, नविन र नम्रता आफैंले पनि उक्त तस्बिरमा आफ्नो हाँसो थाम्न सकेका छैनन् । तस्बिर हेर्नुस् :

namrata-sugam-nabin-k

नम्रताका अनुसार यो तस्बिर जापानको कार्यक्रममा सहभागी हुँदाको हो । अंग्रेजी नयाँ बर्षमा दुई गायकसँग नम्रता त्यहाँको कार्यक्रममा गएकी थिइन् । जनावरी फस्टको कार्यक्रम सकिएपछि होटल आएर तातो पानीमा बस्न जाँदा सुगम र नविन केसँग नम्रताले उत्त तस्बिर खिचेकी थिइन् । तर उनले बुधबार मात्रै उत्त तस्बिर आफ्नो फेसबुकमा पोस्ट गरिन् । जापानको कार्यक्रम सकेर उनीहरु नेपाल फर्किइसकेका छन् ।

For More videos Log on to Mazzako TV