गुल्मीमा पूजासँग सेल्फी लिनेको भिड : प्रायोजक भन्छन्, ‘प्रहरी नै खटाउनु पर्यो’
‘प्रेम गीत’ की नायिका पूजा शर्मा मंगलबार गुल्मीको रिडिमा चलिरहेको ‘रिडी माघेसंघ्रान्ती मेला’ मा सहभागी भइन् । पहिलो पटक मोफसलका कार्यक्रममा सहभागी भएकी पूजाले रिडीका दर्शकबाट न्यानो माया पाइन् ।

‘प्रेम गीत’ हेरेका दर्शक पूजासँग सेल्फी खिच्न झुम्मिए । दर्शकको भिडले प्रहरी नै खटाउनु पर्ने अवस्था आएको मेलाका प्रायोजक टिका केसीले जानकारी दिए । प्रायोजक केसीका अनुसार मेलामा उल्लेख्य दर्शक सहभागी थिए । माघ १ गतेदेखि सुरु भएको मेला यही ५ गते सकिनेछ । मेलमा पूजाले ‘म यस्तो गीत गाउँछु’ र ‘जब पुग्छु रिभर साइड’ मा कम्मर मर्काएकी थिइन् । पूजाको नृत्यमा दर्शक दिर्घाबाट ताली र हुटिङ आएको थियो । मोफसलको पहिलो कार्यक्रम अनुभव बारे पूजाले भनिन्, ‘दर्शकको निकै माया पाएँ । अब त यस्ता कार्यक्रममा आइरहन्छु ।’

पूजा र प्रायोजक केसी।
काठमाण्डौ फर्किएपछि पूजा ‘म यस्तो गीत गाउँछु’ को प्रि-प्रोडक्सनमा व्यस्त हुनेछिन् । सुदर्शन थापाले निर्देशन गर्ने फिल्ममा पूजासँग पल शाहले स्क्रिन सेयर गर्दैछन् । फिल्मको सुटिङ यही महिनाको अन्त्यमा सुरु हुनेछ ।
For More videos Log on to Mazzako TV







