दिपकले भावुक हुँदै भने, ‘रातपछि दिन आउँछ, फ्यानले गाली गरेका छैनन्’
निर्माता तथा कलाकार दिपकराज गिरीले आफुलाई फेक आइडीबाट गाली आइरहेको बताएका छन् । फिल्म ‘छक्का पञ्जा’ लिएर निर्देशक दिपाश्री निरौलासँग स्पेन पुगेका दिपकले आफुलाई ८० प्रतिशत जति नक्कली फेसबुक अकाउन्टबाट गाली आइरहेको खुलाएका हुन् । भिडियो हेर्नुस् :
तर आफ्ना फ्यानले भने आफुलाई गाली नगरेको दिपकको भनाई छ । पहिलो पटक युरोप टुरमा रहेका दिपकले भावुक हुँदै भनेका छन्, ‘जीवनमा खुसी मात्रै आओस् भन्ने कामना सबैमा हुन्छ । तर त्यो सम्भव छैन । दिनभरी रमाईलो गर्यो रात पर्छ । तर रातपरेपछि घनघोर हुन्छ, चकमन्न हुन्छ, मध्य रात हुन्छ । त्यो रात झेल्नु पर्ने रैछ । त्यसपछि बिहान पनि उज्यालो पनि पक्कै हुन्छ ।’
फिल्म ‘छक्का पञ्जा’ पाइरेसीमा संलग्न नवलपरासीका कृष्ण सुवेदीले काठमाण्डौंको आफ्नै कोठमा झुण्डिएर आत्महत्या गरेपछि उनीहरुका परिवार तथा आफन्तले आत्महत्याको दोषको आरोप दिपकलाई लगाउँदै आइरहेका छन् । दिपकले आफ्नो कारणले ती युवाले आत्महत्या गरेको भए आफु सजाँय भोग्न तयार रहेको पटक पटक भन्दै आइरहेका छन् ।
For More videos Log on to Mazzako TV