हेर्नुस् निर्देशकले सार्वजनिक गरेका ‘तिमी सँग’ का तीन तस्बिर
युथ एक्टर्स साम्राज्ञी राज्यलक्ष्मी शाह, आकाश श्रेष्ठ र नाजिर हुसेनको मुख्य भूमिका रहेको फिल्म ‘तिमी सँग’ सुटिङका केही तस्बिरहरु सार्वजनिक भएका छन् । निर्देशक तथा निर्माता शिशिर राणाले आफ्नो फेसबुकमा पोस्ट गरेका तस्बिरहरुमा साम्राज्ञी र आकाशको राम्रो क्यामेस्ट्री देखिन्छ ।
फ्रेन्डसिप फिल्म ‘तिमी सँग’ को गएको सातादेखि छायाँकन सुरु भएको हो । फिल्ममा समावेश दुई वटा गीतको घोरेपनी, पुनहिल लगायत क्षेत्रमा छायाँकन गरिएको छ । कविराज गहतराज गीतको सुटिङ सकेर राजधानी फर्किसकेका छन् भने बाँकी टिम सिन खिच्न सोही क्षेत्रमा छ ।
निर्देशक तथा निर्माता राणाका अनुसार फिल्मको छायाँकन करिब ३५ दिनसम्म चल्नेछ । पोखरा सहित घान्द्रुक र कालापानीमा ‘तिमी सँग’ टिम पुग्नेछ । ‘ए मेरो हजुर २’ पछि साम्राज्ञीले ‘तिमी सँग’ को सुटिङ गरेकी हुन् ।