शिल्पाको ‘मंगलम’ सोमबार शुभ साईत, बिहिबार सुटिङ
छविराज प्रोडक्सनमा नायिका शिल्पा पोखरेलले निर्माण गर्ने फिल्म ‘मंगलम’ को सोमबार शुभ मुर्हत गरिएको छ । कमलादीमा रहेको गणेश मन्दिरमा फिल्म युनिटले क्ल्याप र स्क्रिप्ट पूजा गरी फिल्म सफलताको कामना गरे ।
‘मंगलम’ को शुभ साईतमा कार्यकारी निर्माता छविराज ओझा, निर्देशक नवल नेपाल, नायिका तथा निर्मात्री शिल्पा पोखरेल, नायकद्वाय पुष्पल खड्का र पृथ्वीराज प्रसाईं, क्यामेरा पर्सन विष्णु कल्पित सहभागी थिए । सोमबार शुभ साईत गरेपनि फिल्मको छायाँकन भने यही माघ ७ गते बिहिबारदेखि सुरु हुनेछ । नायिका तथा निर्मात्री पोखरेलले बताए अनुसार ‘मंगलम’ को सम्पूर्ण छायाँकन राजधानी भित्रै हुनेछ ।
विष्णु कल्पितको छायाँकन रहने मंगलम’ मा दिपक शर्माको संगीत रहनेछ । छविराज प्रोडक्सनबाट रजतपटमा डेव्यु गरेकी शिल्पा ‘मंगलम’ बाट पहिलो पटक निर्मात्री बन्न लागेकी हुन् ।
For More videos Log on to Mazzako TV