दिलको छहारीमा बास गर्ने माया (भिडियो)
‘बास गर मेरी माया’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भिडियोमा मोडलत्रय भानु तिवारी, मुना बस्नेत र प्रकाश नोभागले अभिनय गरेका छन् । अमेरिकामा छायांकन गरिएको यस भिडियोलाई गीतका रचनाकार गोपी दहालले नै निर्देशन गरेका हुन् ।

गीतमा राजेश पायल राईको आवाज छ भने संगीत अम्बर तुम्बापो सुब्बाले दिएका छन् । ल्याब ३ क्रुको प्रस्तुति रहेको यस भिडियोलाई लक्ष्मी अधिकारीले निर्माण गरेका हुन् ।








