रेखाको ‘रुद्रप्रिया’ मा हिरो सुदर्शन र अर्पण : ‘माला’ निर्देशकले गर्नेछन् निर्देशन
यसअघि ‘घोषणा’ गरिएको फिल्म ‘कसले चोर्यो मेरो मन फेरी’ लाई पर सार्दै अभिनेत्री रेखा थापाले नयाँ फिल्म निर्माणको घोषणा गरेकी छिन् । रेखा फिल्मस्ले निर्माण गर्ने नयाँ फिल्मको नामाकरण ‘रुद्रप्रिया’ गरिएको छ, जसको शिर्ष भूमिकामा रेखा स्वयम् प्रस्तुत हुनेछन् । ‘रुद्र प्रिया’ लाई ‘माला’ फिल्मका निर्देशक सुदिप भूपाल सिंहले निर्देशन गर्नेछन् । निर्देशक सिंहले पहिलो फिल्मबाटै प्रशंसा पाएका थिए ।

बायाँबाट सुदर्शन, रेखा र अर्पण ।
‘रुद्रप्रिया’ मा रेखाले पहिलो पटक क्याम्प बाहिरका दुई हिरोहरु अनुबन्धित गरेकी छिन्, जो निर्देशक समेत हुन् । ‘प्रेम गीत’ पछि ‘म यस्तो गीत गाउँछु’ को तयारीमा रहेका निर्देशक सुदर्शन थापा र ‘मुखौटा’ फिल्मका निर्देशक अर्पण थापा ‘रुद्र प्रिया’ का दुई हिरोहरु हुन् । चैतदेखि छायाँकन सुरु हुने रेखाको ‘रुद्रप्रिया’ आगामी दशैंमा रिलिज हुनेछ । सुरेश अधिकारीको संगीत रहने रेखाको फिल्मलाई संजय लामाले खिच्नेछन् ।

निर्देशक भूपाल ।
आमा सरस्वती थापा निर्माता रहने फिल्म ‘रुद्र प्रिया’ मा रमेश पौडेलले रेखासँग लगानीमा पचास प्रतिशत सेयर साँझेदारी गरेका छन् । रमेश सिम टिभिका मेनेजिङ डिरेक्टर हुन् । सदा झैं रेखाको ‘रुद्रप्रिया’ नारी प्रधान हुनेछ ।
For More videos Log on to Mazzako TV







