तेरियालाई जिताउन हजुरबुवाले गरे भोटको अपिल
रुपन्देही, बुटवल रुद्रपुरकी १४ बर्षकी तेरिया फौजा मगर फेरी भारतीय कलर्स टेलिभिजनको लोकप्रिय डान्स रियालिटी सो झलक दिखलाजाको फाइनलमा पुगेकी छिन् । आउने शनिबार जनवरी २१ तारिखका दिन हुने ग्राण्ड फाइनलमा विजेता गराउन उनका हजुरबुवा कृष्ण बहादुर फौजा मगरले विश्वमा रहेका नेपालीसँग अपिल गरेका छन् ।

सोमबार काठमाण्डौमा प्रेसमिट गर्दै तेरियाका हजुरबुवाले भोटको अपिल गरेका हुन् । तेरियाका आमा बुवा भने मुम्बईमै छन् । भारतको सिमकार्ड प्रयोगकर्ताले सय पटकसम्म एसएमएस भोटिंग गर्न सक्नेछन् भने अनलाइन भोटिका लागि पनि एउटा अनलाइन पिसीबाट सय पटकसम्म भोट गर्न सक्नेछन् । भोटिङ १४ जनवरीबाट शुरु भैसकेको छ भने १९ जनवरी, बिहिबार राती ९ बजेसम्म भोट गर्न सकिनेछ । तरियो भारतीय टेलिभिजन जिटिभीको लोकप्रिय डान्स रियालिटी डिआईडी सिजन ३, २०१२ की विजेता हुन् ।

Voting Details :
Type “TER” & send to 56882
Online voting website : www.colorstv.com/jhalak
For More videos Log on to Mazzako TV








