‘सेतो सूर्य’ लाई अमेरिकामा अर्को पुरस्कार
उत्तर अमेरिकामा प्रतिष्ठित अवार्ड मानिने ‘२८ औँ ‘पाम स्प्रिङ इन्टरनेश्नल फिल्म फेस्ट’ मा नेपाली फिल्म ‘सेतो सूर्य’ लाई न्यू भ्वाइसेज र न्यू भिजन विधा अन्र्तगत दुई पुरस्कार हात परेको छ । सिंगापुरमा सम्पन्न फिल्म फेस्टिभलमा पनि ‘सेतो सूर्य’ लाई ‘बेस्ट फिचर फिल्म’ को अवार्ड पाएको फिल्म थियो ।

निर्देशक दीपक रौनियार, अभिनेता दयाहाङ राई र रविन्द्रसिंह बाँनिया पुरस्कार ग्रहण गर्न अमेरिकामा गएका छन् । द्वन्द्वकालिन समयमा आफ्नो बुवाको दाहसंस्कार गर्न दुई फरक राजनीतिक विचार धाराका दाजु भाई र त्यसले निम्त्याएको परिस्थितिलाई ‘सेतो सूर्य’ ले पस्किन्छ ।
For More videos Log on to Mazzako TV







