भर्खरै छायाँकन सकिएको र छायाँकन हुंन बाँकी निर्देशक मिलन चाम्स निर्देशित दुई फिल्महरु ‘ह्याप्पी डेज’ र ‘ब्लाइन्ड रक्स’ अष्ट्रेलियामा सोल्ड आउट भएका छन् । त्यहाँको नमस्ते ईन्टरटेनमेन्टका प्रमुख विनोद पौडेल र चाम्स ईन्टरटेनमेन्टका मिलन चाम्सबिच दुई फिल्म प्रदर्शन गर्ने सहमती भएको हो ।

daya-priyanka-sanjaya-milan-in-happy-days

निर्देशक तथा निर्माता चाम्सका अनुसार सम्पादनको टेबुलमा रहेको ‘ह्याप्पी डेज’ लाई आउँदा अगस्टतिर अष्ट्रेलियामा रिलिज गरिनेछ । ‘ब्लाइन्ड रक्स’ को सुटिङ भने ‘ह्याप्पी डेज’ को सम्पादन सकिएपछि सुरु हुनेछ । निकेश लिम्बुको लगानी रहने यो फिल्ममा वेनिशा हमाल, अर्पण थापा, नाजिर हुसेन र गौरी मल्ल मुख्य भूमिकामा प्रस्तुत हुँदैछिन् । यो फिल्म आफ्नो आँखाको ज्योती गुमाएकी नेपाली युवती श्रृष्टि केसीको जीवनी बारे बन्न लागेको हो ।

benisha-hamal-shristi-kc

अधिकांश सुटिङ लण्डनमा गरिएको फिल्म ‘ह्याप्पी डेज’ मा दयाहाङ राई, प्रियंका कार्की, संजय गुप्ता र नव नायक विक्की जोशीको मुख्य भूमिका रहेको छ भने मोनिका गुरुङ, रुपा पुन र रितेश चाम्सको पनि फिल्ममा महत्वपूर्ण भूमिका छ । फिल्ममा बिपी खनाल, भवानी शर्मा, हिरल जोशी र निर्देशक चाम्सको संयुक्त लगानी छ ।

For More videos Log on to Mazzako TV