चलचित्र प्राविधिक संघका पुर्व अध्यक्ष मनोज केसीको नेतृत्वमा लण्डनमा ‘सातौ कलिउड सिनेमा अवार्ड’ आयोजना हुने भएको छ । शनिबार काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै अवार्ड केसीले जानकारी दिएका हुन् । संगिक्षा फिल्मस्को आयोजना र लण्डनको थर्ड आइको सहकार्यमा यो अवार्ड लण्डनमा आयोजना हुन लागेको हो । अवार्ड सम्भवतः अंग्रेजी मे महिनामा हुन सक्छ ।

kollywood-award-team.docx

कार्यक्रममा बोल्दै संगिक्षा फिल्मस्का प्रमुख मनोज केसीले नेपाली चलचित्रको विकास र विस्तारका लागि अवार्ड गर्न लागेको बताए । नेफ्टामा आफु आएपछि ‘कलिउड सिनेमा अवार्डको श्रृङ्खलालाई रोकेर ‘नेफ्टा अवार्ड’ आयोजना गरेको बताउँदै मनोजले अब रोकिएको अवार्डलाई निरन्तरता दिने बताए । यस्तै, लण्डनको ‘थर्ड आइ’ का सदस्य मध्येका एक अजय राइले अवार्डलाई भव्य बनाउन आफुहरुले कुनै कसर बाँकी नराख्ने बताए । उनले, अवार्ड स्क्यान्डल मुक्त होस् भन्ने कामना पनि समेत गरे । यस्तै, लण्डनबाट आएका संसरा मनी ट्रान्सफरका संचालक राजाराम गिरीले भने ‘बरु अवार्डका लागि समय लिनुहोस् । तर, नेपाली चलचित्रलाई मजबुत बनाएर लण्डनमा अवार्ड गर्दा राम्रो हुन्छ ।’

kollywood-award-still.docx

कार्यक्रममा चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, निर्माता केशव भट्टराई, नायक निखिल उप्रेती, सेन्सर बोर्ड सदस्य सन्दिप सापकोटा लगायतले अवार्ड सफलताको शुभकामना दिए । करिब १५ विधामा अवार्ड वितरण गर्ने तयारी गरेको मनोजले जानकारी दिएका छन् । मे महिनामा अवार्ड गर्ने तयारी नेपाल र लण्डन पक्षका आयोजकले गरेका छन् ।

For More videos Log on to Mazzako TV