nischal-basnet-mala-limbu

निर्देशक निश्चल बस्नेत र नायिका माला लिम्बुले नाचेको फिल्म ‘पर्व’ को आइटम गीत नेपाल युट्युव ट्रेन्डिङमा तेश्रो नम्वरमा पर्न सफल भएको छ । फिल्म ‘छक्का पञ्जा’ र नयाँ नेपाली म्युजिक भिडियो पछि ‘पर्व’ को ‘काले दाई काले’ को भिडियो नेपाल युट्युव ट्रेन्डिङमा तेश्रो नम्वरमा छ । शुक्रबार साँझ रिलिज भएको यो भिडियोलाई आइतबार मध्यान्ह्सम्म झण्डै एक लाखले हेरेका छन् । भिडियो हेर्नुस् :

‘पर्व’ का नायक समेत रहेका कोशिस क्षेत्रीको संगीत रहेको ‘काले दाई काले’ मा निर्देशक दिनेश राउतको शब्द अनि निश्चल र मिना निरौलाले स्वर दिएका छन् । चार दिन लगाएर कविराज गहतराजले भिडियोको कोरियोग्राफी हुन् भने राजेश श्रेष्ठले खिचेका छन् । दिनेश राउत निर्देशित फिल्म ‘पर्व’ मा नम्रता श्रेष्ठ र कोशिस क्षेत्रीको मुख्य भूमिका रहेको छ । टीभी फिल्मको निर्माण र सुवास इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको यो फिल्म चैत २५ गतेदेखि प्रदर्शनमा आउँदैछ । सुवास गिरी र निकिता पौडेल फिल्मका निर्माता हुन् ।

For More videos Log on to Mazzako TV