‘कन्यादान’ अभिनेत्री गौरी मल्ललाई जन्मदिनको शुभकामना  ! आफ्नो समयमा दर्जन बढी सफल फिल्म दिएकी गौरी मल्ल अभिनयकी ‘रानी’ हुन् । उनको जिवन्त अभिनयले धेरैलाई लोभ्याएको छ । लामो समयपछि उनले प्रधानमन्त्री भएर अभिनय गरेको ‘सिंहदरबार’ नामक टेलिफिल्मले धेरैको मन जित्न सफल भयो ।

gauri-malla

जीनवमा आएका विभिन्न उतारचढाव पछि गौरी मल्ल फेरी रजतपटमा फर्किएकी छिन् । अभिनय सँगै उनले विभिन्न इभेन्टस् पनि आयोजना गर्दै आइरहेकी छिन् । भर्खरै निर्मात्री पुनम गौतमसँग मिलेर गौरीले आयोजना गरेको ‘सेलिव्रेटी रन वे’ मा अग्रज देखि नयाँ पुस्ता सम्मका कलाकारहरुले सहभागीता जनाए । गौरी अब फिल्म निर्माण गर्ने योजनामा छिन् । तर, उनले सबै योजना पूरा भएपछि मात्रै आफुले निर्माण गर्ने फिल्मबारे औपचारिक जानकारी दिने बताइन् ।

जन्मदिनमा आएका उपहार र शुभेच्छा बारे मज्जाको अनलाइन डटकमसँग फोन संवादमा गौरीले भनिन्, ‘शुभेच्छा र उपहार त धेरै आएका छन् । विदेशबाट साथीहरुले माया गरेर उपहार पठाउनु भएको छ । घरमा बहिनीका छोराछोरी राती नै केक पनि काटिदिए ।’ अनि बसन्त चाहिं कति पार गर्नु भयो नि ? ‘भर्खर २६ पुगें । अझ मैंले दुई वर्ष घटाएको’ गौरीले हाँस्दै भनिन् ।

For More videos Log on to Mazzako TV