निखिल उप्रेती स्टारर फिल्म ‘किङ्ग’ ले शनिबार दर्शकको उलेख्य साथ पाएको छ । शनिबार र माघे संघ्रान्तीको बिदामा एक्सन स्टार उप्रेतीको फिल्म हेर्न दर्शकहरु हलमा उर्लिएका हुन् । निर्देशक सविर श्रेष्ठको जानकारी अनुसार राजधानी र मोफसलका अधिकांश हलहरु शनिबार हाउसफूल भए भने चावाहिलको गोपिकृष्णमा दुई दुई वटा पर्दा हाउसफूल भए ।

nikhil-at-hall

निर्देशक श्रेष्ठका अनुसार राजधानीका गोपिकृष्ण, अष्टनारायण, गुण, कलंकी, सिद्धार्थ, बाराही लगायत हलहरुमा शनिबार ‘किङ्ग’ हेर्न दर्शकको घुँइचो लाग्यो । अभिनेता उप्रेती, निर्देशक श्रेष्ठ, नायिका वेनिशा हमाल, निर्माता जयन श्रेष्ठ, अभिनेता अनुपविक्रम शाही, कलाकार प्रज्वल सुजल गिरी, वितरकद्वाय गोपाल कायस्थ र गोविन्द शाही शनिबार दर्शक प्रतिक्रिया बुझ्न राजधानीका हलहल घुमेका थिए । गोपिकृष्ण हलमा निखिललाई दर्शकले उचाले समेत । सोही दर्शकको भिडमा निखिल र वेनिशाले विफी लिए ।

nikhil-benisha

बिहीवार र शुक्रवार सोचे जस्तो दर्शक हलमा नआएपनि शनिबार हलमा देखिएको दर्शकको चापले निर्माण युनिट उत्साहित भएको छ । अझ दर्शकले ‘किङ्ग’ लाई राम्रो प्रतिक्रिया दिएपछि त निर्देशक सविर श्रेष्ठ दंग भएका छन् । जगन श्रेष्ठको प्रस्तुती रहेको फिल्ममा संजय लामाको छायाँकन र रोशन श्रेष्ठको द्धन्द्ध निर्देशन रहेको छ ।

king-team

For More videos Log on to Mazzako TV