‘लप्पन छप्पन’ को पैसा छाप्ने ट्रेलर रिलिज
मल्टिस्टारर फिल्म ‘लप्पन छप्पन’ को पैसा छाप्ने ट्रेलर रिलिज भएको छ । सौगात मल्ल, दयाहाङ राई, अर्पण थापा, बर्षा सिवाकोटी मुख्य भूमिकामा प्रस्तुत भएको यो फिल्मको सार्वजनिक ट्रेलरले शुक्रबार र शनिबार हलमा आकर्षण गर्ने पक्का छ । त्यसपछि भने निर्देशक मुकुन्द भट्टको निर्देशनमा भर पर्नेछ । ट्रेलर हेर्नुस् :
युरोप र नेपालमा छायाँकन गरिएको फिल्म ‘लप्पन छप्पन’ यही चैत ११ गते प्रदर्शनमा आउनेछ । ग्याङ्स्टार फिल्ममा सौगात, दयाहाङ, अर्पण र बर्षा सहित देवु श्रेष्ठ नव प्रस्तुतीको रुपमा प्रकाशजंग शाही र सिड खरेलको मुख्य भूमिका छ । प्रकाशजंग शाह र प्रवेश पौडेलको संयुक्त कथा तथा लेखन रहेको फिल्ममा सुरेन्द्र पौडेलको सम्पादन रहेको छ ।
डम्वर चन्दको निर्माण रहेको फिल्ममा सहदेव गौतम कार्यकारी निर्माताको रुपमा रहेका छन् । फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् ।
For More videos Log on to Mazzako TV