फिल्म ‘छक्का पञ्जा’ पाइरेसी गर्ने युवाले आत्महत्या गरेका छन् । चितवनका कृष्ण सुवेदीले आत्महत्या गरेका हुन् । उनले पहिलो पल्ट गुगोल ड्राइभमा फिल्म सेयर गरेका थिए ।

chakka-panja

उनी सहितको चार जनाको पाइरेसी गर्ने टोलीलाई हनुमाढाकोले समातेर निर्माताको आग्रहमा थुनामा नराखी आइतबार तारेमा छोडेको थियो । फिल्म भाइरल भएपछि तनावमा आएर ती युवाले आत्महत्या गरेको हुन सक्ने अड्कल काटिएको छ । आत्महत्याको विस्तृत विवरण आइसकेको छैन ।  यस वर्षको सर्वाधिक सफल फिल्म ‘छक्का पञ्जा’ बिहिबार पाइरेसी भएको थियो । पाइरेसी भएपछि ग्लोबल राइट्स लिएको हाइलाइटस् नेपालले बिहिबार नै सार्वजनिक गरेको छ ।

पोस्टमार्टमाको लागि टिचिङ

बुझिए अनुसार ‘छक्का पञ्जा’ पाइरेसीमा संलग्न आत्महत्या गरेका युवाको शव पोस्टमार्टमको लागि महारागञ्जको टिचिङ अस्पतालमा लगिएको छ । गौशला प्रहरी प्रहरी वृत्तले पोस्टमार्टमको लागि उनको शवलाई टिचिङमा पठाएको हो ।

For More videos Log on to Mazzako TV