माघ २८ देखि ‘डाइङ क्यान्डल’ दर्शकमाझ (ट्रेलर सहित)

अमेरिकाको प्रतिष्ठित क्विन्स वल्र्ड फिल्म फेस्टिभलमा तीन मुख्य विधामा मनोनीत र सिनेम्याटोग्राफी विधाको पुरस्कार जितेको फिल्म ‘डाइङ क्यान्डल’ को नेपाल रिलिज मिति घोषणा गरिएको छ । ट्रेलर रिलिज गर्दै यो फिल्माई माघ २८ गतेदेखि नेपालमा प्रदर्शन गर्न लागिएको हो । नरेश कुमार केसीको लेखन तथा निर्देशन रहेको फिल्म ‘डाइङ क्यान्डल’ मा सृजना सुब्बा, लाक्पा सिङगी तामाङ, सौगात मल्ल, अर्पण थापा र विद्या कार्कीको मुख्य भूमिका रहेको छ । ट्रेलर हेर्नुस् :
उत्तम फिल्मस्, नेश्नल मिडिया र मदर पिक्चर्सको संयुत्त प्रस्तुती रहेको फिल्म ‘डाइङ क्यान्डल’ मा रविन आचार्य, विमल सुवेदी र उत्तम केसीको संयुत्त लगानी रहेको छ । रविन आचार्य र दिपाङ्कर सिक्देरको सिनेम्याटोग्राफी रहेको फिल्मलाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका हुन् । फिल्मले दिदी र भाईको आत्मिय सम्बन्धलाई देखाउँछ ।
For More videos Log on to Mazzako TV







