कस्तो छ त १६ करोड कमाएको ‘छक्का पञ्जा’ ? (पूरा फिल्म हेर्नुस्)

यस वर्षको सुपरहिट फिल्म ‘छक्का पञ्जा’ युट्युवमा आएको छ । गत भदौ २४ गते प्रदर्शनमा आएको यो फिल्म पाइरेसीको मारमा परेपछि युट्युवमा आएको हो । १६ करोड ग्रस कलेक्सन गर्न सफल फिल्म ‘छक्का पञ्जा’ ले प्रदर्शनको एक सय दिन पनि पार गरेको थियो । दिपाश्री निरौला निर्देशित सुपरहिट फिल्म ‘छक्का पञ्जा’ कस्तो छ त ? पूरा फिल्म हेर्नुस् :
युट्युवमा पूरा फिल्म आएसँगै अब विभिन्न देशका शोहरु रोकिएका छन् । फिल्म लिएर युरोप उडेका दिपक र दिपा भ्रमण छोट्याएर छिट्टै नेपाल फर्किंदै छन् । दिपकले नेपाल आएर पाइरेसी गर्नेलाई कानुनी कारबाही गरिने आफ्नो फेसबुकमा लेखेका छन् । दिपकको फेसबुक स्टाटस :

दिपाश्रीको डेव्यु निर्देशन रहेको फिल्म ‘छक्का पञ्जा’ मा दिपकराज गिरी, प्रियंका कार्की, शिवहरी पौडेल, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, बर्षा राउत, नम्रता सापकोटा, अरुणा कार्की लगायतको अभिनय रहेको छ । पुरुषोत्तम प्रधानको छायाँकन रहेको फिल्ममा राजनराज सिवाकोटी र दिपक शर्माले संगीत दिएका छन् ।
For More videos Log on to Mazzako TV







